नेपालगन्ज १७ जेठ : नेकपा एमाले बाँकेका नेता डम्बर थापाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
एमाले, बाँकेका सचिवालय सदस्य एवं डुडुवा गाउँ कमिटीका इन्चार्ज थापाको सोमबार दिउँसो सवा दुई बजे नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।
वैशाख २५ गते पीसिआर जाँच गरेपछि थापा नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका थिए । युवा संघ, बाँकेका पूर्व अध्यक्षसमेत रहेका थापाको मृत्युले पार्टीले एउटा अभिभावक गुमाएको एमाले, बाँकेका अध्यक्ष सूर्य ढकालले बताए ।
यसैबीच जानकी गाउँपालिका वडा नम्बर– २ का ४५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ ३ गते अस्पतालमा भर्ना भएका उनको ५ गते पीसिआर गरिएको थियो । उनको दिउँसो २ः५० बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट २ सय ९३ जनाको मृत्यु भएको छ । बाँके जिल्ला बाहिरका २८८ जनाको मृत्यु भइसकेकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?