अस्ताए बाँकेका एमाले नेता थापा


अस्ताए बाँकेका एमाले नेता थापा

नेपालगन्ज १७ जेठ : नेकपा एमाले बाँकेका नेता डम्बर थापाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

एमाले, बाँकेका सचिवालय सदस्य एवं डुडुवा गाउँ कमिटीका इन्चार्ज थापाको सोमबार दिउँसो सवा दुई बजे नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

वैशाख २५ गते पीसिआर जाँच गरेपछि थापा नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका थिए । युवा संघ, बाँकेका पूर्व अध्यक्षसमेत रहेका थापाको मृत्युले पार्टीले एउटा अभिभावक गुमाएको एमाले, बाँकेका अध्यक्ष सूर्य ढकालले बताए ।

यसैबीच जानकी गाउँपालिका वडा नम्बर– २ का ४५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ ३ गते अस्पतालमा भर्ना भएका उनको ५ गते पीसिआर गरिएको थियो । उनको दिउँसो २ः५० बजे मृत्यु भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

योसँगै बाँकेमा कोरोनाबाट २ सय ९३ जनाको मृत्यु भएको छ । बाँके जिल्ला बाहिरका २८८ जनाको मृत्यु भइसकेकोछ ।