‘जेल विद आउथ विल’का लागि बाँकेका स्वास्थ्यकर्मीको प्रर्दशन जारी


‘जेल विद आउथ विल’का लागि बाँकेका स्वास्थ्यकर्मीको प्रर्दशन जारी

भेरी अस्पताल नेपालगन्जमा ‘जेल विद आउथ विल’का आन्दोलनरत बाँकेका चिकित्सकसहित स्वास्थ्यकर्मी । तस्विरः विजय मल्ल /सेतोखरी

नेपालगन्ज १७ जेठ : ‘जेल विद आउथ विल’ का लागि बाँकेका चिकित्सकसहित स्वास्थ्यकर्मीको मौन प्रदर्शन जारी रहेकोछ ।

चिकित्सक सुरक्षाको माग गर्दै भेरी अस्पताल नेपालगन्जमा आईतबारदेखि मौन प्रदर्शन गरिरहेका बाँकेका चिकित्सकसहित स्वास्थ्यकर्मीको प्रर्दशन दोस्रो दिन सोमबार पनि जारी रह्यो ।

भेरी अस्पताल नेपालगन्जमा बाँकेका सम्पूर्ण चिकित्सक लगायत स्वास्थ्यकर्मीले चिकित्सकमाथि बारम्बार आक्रमणका घटना भइरहेको र यस्ता आपराधिक क्रियाकलाप गर्नेमाथि कडा सजायका लागि अध्यादेशमार्फत कानून ल्याउन आवश्यक रहेको बताउँदै मौन प्रदर्शन गरेका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

हालै जारी गरिएको ऐनमा ‘जेल विद आउथ विल’ अर्थात गैर जमानती हिरासतको नियम छ । सोही ब्यवस्था कार्यान्वयन गराउन अध्यादेशमार्फत कानून ल्याउन दवाव दिनका लागि एक साताका मौन प्रदर्शन गरिएको हो ।

उक्त व्यवस्थालाई कार्यान्वयन गराउन कानून अध्यादेशमार्फत कानून बनाएर कार्यान्वयन गराए सबैलाई न्याय हुने भन्दै यस्तो दबाव दिन प्रर्दशन गरिएको नेपाल नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसीले बताइन् ।

उनका अनुसार चिकित्सिक सुरक्षाका लागि कडा कानून ल्याउन माग गर्दै गरिएको मौन प्रदर्शन सात दिनसम्म गरिनेछ । सेतोखरीसंग कुरा गर्दै उनले भनिन–‘प्रत्येक दिन एक घण्टा बेलुका ५–६ बजेसम्म कालोपट्टि बाँधेर चिकित्सक सुरक्षाको माग गर्दै सरकारलाई दावाव दिइनेछ ।’

‘यही जेठ १३ गते बिहीबार राती भेरी अस्पतालमा चिकित्सक र स्टाफ नर्स लगायतमाथि भएको सांघातिक आक्रमणले स्वास्थ्य क्षेत्रमा सुरक्षा चुनौती थपिदिएको भन्दै यस्ता घटना नदोहिरनका लागि पनि ‘जेल विद आउथ विल’ आवश्यक छ’ संघकी अध्यक्ष लक्ष्मीले अगाडी थपिन्–‘सात दिनसम्म हाम्रा माग सम्बोधन भएन भने कोभिडका बेला पनि अप्रिय निर्णय लिन बाध्य हुनेछौं ।’