नेपालगन्ज १८ जेठ : गतको वैशाख १ गतेदेखि मंगलबार (आज)सम्म ४९ दिनको अवधिमा २६ सय बढी प्रहरीमा संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसंगै वैशाख १ गतेदेखि आज(मङ्गलबार) दिउँसोसम्म देशभर २ हजार ६ सय ३१ जना प्रहरीमा कोरोना संक्रमण पाइएको हो ।
यो अवधिमा एक हजार २५१ जना संक्रमणमुक्त भएका छन् भने ८७१ जना अझैं उपचारका क्रममा छन् । यस्तै यही अवधिमा कोरोना कारण नौ जना प्रहरीले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसअघि सुरुवातदेखि हालसम्म देशभर नौ हजार ४४७ प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको भएपनि कोरोनाका कारण हालसम्म प्रहरीमा १५ जनाले ज्यान गुमाइसकेका छन् । जसमा तीनजना डीएसपी रहेका छन् ।
यस्तै, हालसम्म २९ जना भूतपूर्व प्रहरीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको जनाइएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?