कोरोनाले लियो ४९ दिनमा ९ जना प्रहरीको ज्यान


कोरोनाले लियो ४९ दिनमा ९ जना प्रहरीको ज्यान

नेपालगन्ज १८ जेठ : गतको वैशाख १ गतेदेखि मंगलबार (आज)सम्म ४९ दिनको अवधिमा २६ सय बढी प्रहरीमा संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसंगै वैशाख १ गतेदेखि आज(मङ्गलबार) दिउँसोसम्म देशभर २ हजार ६ सय ३१ जना प्रहरीमा कोरोना संक्रमण पाइएको हो ।

यो अवधिमा एक हजार २५१ जना संक्रमणमुक्त भएका छन् भने ८७१ जना अझैं उपचारका क्रममा छन् । यस्तै यही अवधिमा कोरोना कारण नौ जना प्रहरीले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि सुरुवातदेखि हालसम्म देशभर नौ हजार ४४७ प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको भएपनि कोरोनाका कारण हालसम्म प्रहरीमा १५ जनाले ज्यान गुमाइसकेका छन् । जसमा तीनजना डीएसपी रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै, हालसम्म २९ जना भूतपूर्व प्रहरीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको जनाइएको छ ।