नेपालगन्ज १८ जेठ : श्री मदन बाबा भक्ति केन्द्र बाँकेले नेपाल पत्रकार महासंघ बाँके शाखालाई कोभिड–१९ बिरुद्धको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई भक्ति केन्द्रकी सचिव गंंगा न्यौपानेले उक्त सहयोग हस्तान्तरण गरिन् । मंगलवार नै भक्ति केन्द्रले अन्य बिभिन्न स्थानमा उक्त सामाग्री सहयोग गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके,महिला प्रहरी सेलमा उक्त सामाग्री वितरण गरिएको हो ।
सहयोग संकलनका लागि त्रिभुवन उच्च मावि कोहलपुरका २०५१ सालको एसएलसी ब्याचका विद्यार्थीहरुको सहयोग रहेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?