देशभर ६०८५ जना संक्रमित थपिँदा ६८ जनाको मृत्यु


देशभर ६०८५ जना संक्रमित थपिँदा ६८ जनाको मृत्यु

नेपालगन्ज १८ जेठ : देशभर ६ हजार ८५ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १७ हजार १४७ जनाको पीसिआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षण गर्दा पीसिआरमार्फत ५ हजार २८५ जना र एन्टीजेटमार्फत ८०० जना संक्रमित पुष्टि भएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै देशभर एक लाख ४ हजार ७८९ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ६८ जना संक्रमितको मृत्यु भएको छ । आज ६ हजार ८९८ जना संक्रमित निको भएका छन् ।