मुगुमा पहिलोपटक कोरोनाबाट एकको मृत्यु


मुगुमा पहिलोपटक कोरोनाबाट एकको मृत्यु

मुगु १९ जेठ : कोभिड–१९ सङ्क्रमणबाट पहिलोपटक मुगुमा एक वृद्धाको मृत्यु भएको छ ।

छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले बताए ।

उनकाअनुसार ती बृद्धालाई अस्पताल ल्याउने क्रममाः आज बाटोमा नै निधन भएको थियो ।

एकहप्तादेखि बिरामी हुँदा पनि ती बृद्धा अस्पतालमा जान नमानि घरमा नै रही जडिबुटी सेवन गरेको बताइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

बृद्धाको मृत्युपछि गरिएको एन्टिजिन परीक्षणमा पोजेटिभ रिपोर्ट आएको सूचना अधिकारी नेपालीले बताए ।

गत वैशाखदेखि जिल्लामा संक्रमित सङ्ख्या वृद्धि भए पनि मृत्यु भएको थिएन । हालसम्म २९४ संक्रमित छन् । -रासस