देशभर थप ७२१९ जना संक्रमित निको भए


देशभर थप ७२१९ जना संक्रमित निको भए

नेपालगन्ज १९ जेठ : देशभर थप ७ हजार २ सय १९ जना संक्रमित निको भएका छन् । नेपालमा संक्रमित निको हुनेदर ८० दशमलब ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ ।

मन्त्रालय प्रवक्ता डाक्टर कृष्ण पौडेलका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पीसिआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पीसिआरमार्पmत ५ हजार ५२४ जना र एन्टीजेटमाफर्त ७९२ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै देशभर एक लाख १ हजार ९९३ जना संक्रमित रहेका छन् ।

कुल संक्रमितमध्ये आइसोलेसनमा ६ हजार ८६२ जना र होम आइसोलेसनमा ९५ हजार १३१ जना संक्रमित रहेका छन् । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

देभभर ७६३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।