नेपालगन्ज १९ जेठ : देशभर थप ७ हजार २ सय १९ जना संक्रमित निको भएका छन् । नेपालमा संक्रमित निको हुनेदर ८० दशमलब ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ ।
मन्त्रालय प्रवक्ता डाक्टर कृष्ण पौडेलका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पीसिआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पीसिआरमार्पmत ५ हजार ५२४ जना र एन्टीजेटमाफर्त ७९२ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै देशभर एक लाख १ हजार ९९३ जना संक्रमित रहेका छन् ।
कुल संक्रमितमध्ये आइसोलेसनमा ६ हजार ८६२ जना र होम आइसोलेसनमा ९५ हजार १३१ जना संक्रमित रहेका छन् । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ ।
देभभर ७६३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?