युनिलिभर नेपालद्वारा नेपाली सेनासँगको सहकार्यमा धौलागिरि हिमालको फोहर संकलन र प्रशोधन


युनिलिभर नेपालद्वारा नेपाली सेनासँगको सहकार्यमा धौलागिरि हिमालको फोहर संकलन र प्रशोधन

नेपालगन्ज १९ जेठ : युनिलिभर नेपालको ‘विश्वलाई दिगो साझा बास स्थान बनाउने’ (to make the world a sustainable common living place) प्रतिबद्धताको एक अंशका रूपमा ‘सफा हिमाल सफाइ अभियान–२०२१’ मा नेपाली सेनासँग हातेमालो गरेको छ ।

फोहरमुक्त विश्वको लागि चक्रिय आर्थिक प्रणालीका दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहदै आएको छ । जथाभावी फोहर फालिँदा त्यो वन्यजन्तुहरूको असमायिक मृत्युको कारक बनिरहेकोे छ, त्यसले हिमालहरूको सुन्दरतालाई नष्ट पारिरहेको छ साथै हाम्रो विश्वको वातावरणीय स्वास्थमाथि जोखिम उत्पन्न गरिरहेको छ ।

नेपाली सेनाको मुख्यालय, जङ्गी अड्डा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशानालयका निर्देशक सहायक रथी हिमांशु खड्काले युनिलिभर नेपाललाई बधाइ दिए ।

‘सफा हिमाल अभियानलाई सहयोगका लागि म युनिलिभर नेपाललाई धन्यवाद दिन चाहन्छु । हिमालय श्रृङ्खला सफा राख्ने यो पहलबाट तपाईंहरूले सबै नेपालीको मनलाई छुनु भएको छ,’ सहायक रथी खड्काले भने ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले पठाएको सन्देशमा भनिएको छ–‘प्राकृतिक संसार हराउँदै गएको छ र यो डर लाग्दो दरले क्षतिग्रस्त हुँदै गएको छ र यो अवस्थालाई उल्ट्याउनका लागि युनिलिभर नेपालले धौलागिरि हिमाल सफा गर्नुभन्दा राम्रो मुद्दा अर्को हुन सक्दैन अनि यसका लागि सबैभन्दा विश्वासिलो साझेदार नेपाली सेना नै हो ।’

उक्त अभियान अन्तर्गत धौलागिरी हिमालबाट ५ हजार २० किलो फोहोर संकलन गरिएको मध्ये सड्ने–कुहिने ३ सय किलो फोहोर धौलागिरी गाउँपालिकालाई बुझाइएको थियो भने नकुहिने ४ हजार ७२० किलो फोहर पुनः प्रसोधन (रिसाइकल) गरि व्यवस्थापन गर्ने प्रयोजनको लागि हस्तान्तरण गरिएको छ ।

युनिलिभर पृथ्वीको वातावरणीय स्वास्थ्य सुधार गर्न प्रतिबद्ध छ । प्लास्टिकको प्याकेजिङयुक्त फोहरको सम्बोधनका लागि कडा मेहनत गर्ने यसले उद्देश्य राखेको छ, विशेष गरी साझेदारी र सहयोगको माध्यमबाट जसले यसका कार्य सञ्चालनहरू भन्दा पर रहेर परिवर्तनलाई हाँक्दछन् । अन्तिम उद्देश्य फोहोर व्यवस्थापनको लागि चक्रिय आर्थिक प्रणाली सिर्जना गर्नु हो ।

‘हामी विश्वलाई सबैका लागि उत्तम दीगो स्थान बनाउन प्रतिबद्ध छौं र आउँदा दिनहरूमा यस्ता कार्यक्रमहरूमा निरन्तर सहभागी हुनेछौं,’ अम्लान मुखर्जीले भने ।