नेपालगन्ज १९ जेठ : भेरी अस्पताल नेपालगन्जलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
फातिमा फाउण्डेसन नेपालले गैसस महासंघको सहयोगमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँके मार्फत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
फाउण्डेसनले डिसिसिएमसीमार्फत भेरी अस्पताललाई हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीहरुमा ५५ थान पीपिई, ५० बोटल सेनिटाईजर र ८० प्याकेट मास्क रहेको छ ।
यस्तै नेपालगन्ज उपमहानगरपालिकाका लागि १० थान पीपिई, १० बोटल सेनिटाईजर र १० प्याकेट मास्क गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहको उपस्थितीमा डिसिसिएमसिका प्रतिनिधि प्रशासकीय अधिकृत रामकुमार सोनखरलाई फातिमा फाउण्डेसनकी अध्यक्ष मैमुना सिद्धिकी लगायत संस्थाका प्रतिनिधिले हस्तान्तरण गरेका थिए ।
यसैबीच भेरी अस्पतालमा रहेको अन्जनी माता रसोईलाई खाद्यान्न सामाग्री सहयोग गरिएको छ । सहयोग बापत २५० किलो चामल, ५० किलो दाल, १० पेटि पानी, १० लिटर तेल, ५० किलो नुन र २५ किलो सोयाविन रहेको छ ।
फाउण्डेसनका अध्यक्ष सिद्दिकीले स्वास्थ्य सामाग्री तथा खाद्यान्न गरी ३ लाख ४ हजार ८ सय ५० रुपैया बराबरको सहयोग हस्तान्तरण गरेको बताईन् । यसैगरी फातिमा फाउण्डेसनले जेष्ठ २० गते गरिब तथा विपन्न ४० घर परिवारलाई खाद्यान्न सहयोग गर्ने बताएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?