बाँकेका मात्र ९९ जना संक्रमित अस्पतालमा उपचाररत, खाली भए १०७ बेड


बाँकेका मात्र ९९ जना संक्रमित अस्पतालमा उपचाररत, खाली भए १०७ बेड

File Photo

नेपालगन्ज २० जेठ : कोरोना भाइरस संक्रमणको दोस्रो लहरले सबैभन्दा बढि जुझिरहेको बाँके जिल्लामा संक्रमित दर घट्दो क्रममा रहेकोछ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बिहीबार बेलुका ३ बजेसम्म बाँकेका अस्पतालमा कुल २३९ संक्रमित उपचाररत रहेका छन् । जसमध्ये बाँके जिल्लाका मात्रै ९९ संक्रमित रहेका छन् ।

डिसिसिएमसी बाँकेका अनुसार यसरी बाँकेका अस्पतालमा उपचार गराइरहेका संक्रमितहरु बाँकेका ९९ जना र बाँके बाहिरका १४० गरि कुल २३९ जना रहेका हुन् ।

डिसिसिएमसी बाँकेले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार बेलुका साढे तीन बजेसम्म भेरी अस्पतालमा रहेको कुल २ सय बेडमा १४४ जना बिरामी उपचाररत रहेकाछन् । भने ४१ बडे खाली छ । भेरीमा उपचाररत संक्रमित मध्ये ३६ जना शिकिस्त रहेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रहेको कुल १३० बेड मध्ये ४५ बेड खाली रहेकोछ । जहाँ ८५ जना उपचाररत रहँदा ७३ जना शिकिस्त विरामी रहेकाछन् ।

यसैगरि नेपालगन्जस्थित वेस्टर्न अस्पतालमा कुल सर्जिकल बेड १६ रहेको छ । जसमा ३ जना संक्रमित उपचाररत रहँदा बाँकी १३ बेड खाली रहेको डिसिसिएमसी बाँकेले जनाएकोछ ।

यस्तै नेपालगन्जकै युनाइटेड अस्पतालमा कुल १५ बेड रहेकोमा ७ जना संक्रमित उपचाररत छन् भने ८ बडे खाली रहेकोछ ।

डिसिसिएमसी बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार बाँकेमा कुल ३६१ बेड मध्ये २३९ बेडमा संक्रमितको उपचार भइरहेको छ भने १०७ बेड खाली भएकाछन् ।

जसमा कुल शिकिस्त विरामी ११२ जना र मध्यम १२७ जना विरामी उपचाररत रहेकाछन् ।