नेपालगन्ज २० जेठ : देशभर थप ५ हजार ९०४ जना संक्रमित निको भएका छन् । नेपालमा संक्रमित निको हुनेदर ८१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा ४ लाख ६७ हजार ४६७ जना संक्रमित निको भइसकेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।
कुल १८ हजार ५६२ जनाको पीसिआर र ३ हजार २११ जनाको एन्टीजेन परीक्षण गर्दा पीसिआरबाट ५ हजार ८२५ जना र एन्टीजेटमार्फत एक हजार जनामा संक्रमण पुष्टि भएका हो ।
योसंगै देशभर एक लाख एक हजार ८३९ जना संक्रमित रहेका छन् । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७५ जना संक्रमितको मृत्यु भएको छ । देभभर ८३१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?