नेपालगन्ज २० जेठ : कोरोना संक्रमणबाट अल्पआयुमै ज्यान गुमाएका बैजनाथ–६ सम्झना बजार बाँकेका युवा निर्माण ब्यवसायी भुपेन्द्र पुनको १३ औ दिनको पुण्य तिथिमा बाटोको नामाकरण गरिएको छ ।
स्थानीय समाजसेवी, युवा तथा जनप्रतिनिधिहरुको उपस्तिथिमा युवा निर्माण ब्यवसायी स्वर्गीय पुनले आफ्नो गाँउ समाजलाई बिकृती र बिसंगतीतर्फ जान नदिन युवाहरुमा नेतृत्वदायी भुमिका निभाउँदै आएको स्मरण गर्दै सम्मान स्वरुप उक्त बाटोको नाम ‘भुपेन्द्र मार्ग’ राखिएको निर्माण ब्यवसायी डम्बर रावतले जानकारी दिए ।
पुर्व–पश्चिम राजमार्गको सम्झना बजारबाट ३०÷३५ घर भएको पेउकाली टोलजाने उक्त सडकमा लाखौं पर्ने झण्डै १ सय ५० मिटर जग्गा पुन परिवारले यसअघि नै दान गरेको थियो ।
सो बाटोको आफ्नै खर्चले भएपनि स्तरउन्नति गर्ने तयारीमा रहेका युवा निर्माण ब्यवसायी पुनको कोरोना महामारीका कारण मृत्यु भएको हुँदा उनको आत्माको शान्तिका लागि पुण्य तिथिमा स्थानीय युवा निर्माण ब्यवसायी रावतको अगुवाईमा उक्त बाटोमा ग्राभेल हालिएको छ ।
नेपाल बिद्यार्थी संघ बाँके जिल्ला कार्यसमितिका सदस्य समेत रहेका स्वर्गीय पुनको स्मृतिमा उनका बुवा हरिबहादुर पुन र आमाले मानखोला घाटमा एक कार्यक्रमका बिच वर र पिपल समेत रोपेको रावतले बताएका छन् ।
स्मृति सभामा नयाँ नामाकरण गरिएको भुपेन्द्र मार्गको स्तर उन्नति गर्न बैजनाथ– ६ का वडाअध्यक्ष समेत रहेका एमाले नेता भद्र बहादुर बस्नेतले वडाबाट ५ लाख बराबरको बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।
बैजनाथ ६ नेपाली काँग्रेसका सभापति कमानसिह सुनारको अध्यक्षता भएको स्मृति सभामा काँग्रेस नेता देबबहादुर खत्री, गगन खत्री, डम्बर रावत र मेघराज खड्का लगायतले स्वर्गीय पुनको स्म्रण गर्दै बोलेका थिए ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु