नेपालगन्जका जेष्ठ नागरिकलाई भेरोसेल खोप लगाइदैँ


नेपालगन्जका जेष्ठ नागरिकलाई भेरोसेल खोप लगाइदैँ

नेपालगन्ज २४ जेठ : कोभिड विरुद्धको चीनियाँ खोप भेरोसेल नेपालगन्जका जेष्ठ नागरिकलाई लगाइने भएकोछ ।

नेपालगन्ज उप–महानगरपालिले यहि जेठ २६ गते जेष्ठ नागरिकका लागि कोभिड विरुद्धको भेरोसेल खोप लगाउन लागेको हो ।

उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा विहान १० बजेदेखि ४ बजेसम्म ६२ देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई उक्त खोप लगाउन लागिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

यसअघि ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई खोप लगाउने भनिएकोमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाबाट उपलब्ध भ्याक्सिनबाट दोश्रो मात्राको सुनिश्चितता गरि खोप लगाउनुपर्ने भएकोले उमेर समूह ६२ देखि ६४ वर्ष कायम गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

खोप लगाउन आउनेहरुले अनिवार्य परिचय खुल्ने कागजात ल्याउनुपर्ने उपमहानगरपालिकाले जनाएको छ ।