नेपालमा कोरोनाबाट निको हुनेदर ८४.७ प्रतिशत


नेपालमा कोरोनाबाट निको हुनेदर ८४.७ प्रतिशत

नेपालगन्ज २५ जेठ : नेपालमा कोरोना संक्रमित निको हुने दर बढेर आएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५७० जना संक्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार यो संख्यासंगै नेपालमा संक्रमित निको हुनेदर ८४ दशमलव ७ प्रतिशत रहेको छ । नेपालमा हालसम्म ५ लाख ४ हजार ५३० जना संक्रमित निको भइसकेका छन् ।

यस्तै मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५ जनाको पीसिआर र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा थप ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

देशभर ३ हजार ८७० जनामा पीसिआरमार्फत र एन्टीजेटमार्फत एक हजार २८३ जना संक्रमित पुष्टि भएका हुन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०८ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ९८ जना संक्रमितको मृत्यु भएको छ ।