नेपालगन्ज २५ जेठ : सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल नेपालगन्जले मास्क बैंकलाई २ हजार ५ सय थान मास्क सहयोग हस्तान्तरण गरेको छ ।
बास नेपालगन्जले सञ्चालन गरेको मास्क बैंकलाई आज मास्क सहयोग हस्तान्तरण गरेको हो ।
मास्क बैंकमा आई कमिट नेपालका अध्यक्ष प्रकाश नेपाली (बादी) ले बासका कार्यकारी निर्देशक तथा मास्क बैंक सञ्चालन तथा ब्यवस्थापन समिति संयोजक नमस्कार शाहलाई उक्त मास्क हस्तान्तरण गरेका थिए ।
मास्क हस्तान्तरण कार्यक्रम सञ्चालन गर्दै कमिट नेपालका निर्देशक केशब नेपालीले कोभिड बिरुद्धको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको मास्क बैंकलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
मास्क हस्तान्तरण कार्यक्रममा कमिट नेपालका अध्यक्ष प्रकाश नेपाली (बादी), निर्देशक केशब नेपाली, गोपाल नेपाली, सुरज खड्का, बासका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट र जन सम्पर्क अधिकृत मुना बिष्टको उपस्थिती रहेको थियो ।
यसैगरी आज नै डिसिसिएमसी बाँकेलाई गैर सरकारी संस्था महासँघ बाँकेको समन्वयमा विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गगरिएकोछ ।
यसरी सहयोग हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीमा पीपिई सेट २० वटा, अक्सिमिटर ३ ओटा, माक्स १२५० पिस र स्यानीटाईजर ५०० एमएल ३५ बोटल रहेका छन् ।
स्वास्थ्य सामाग्री कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई हस्तान्तरण गरेका थिए ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा गैर सरकारी संस्था महासँघ बाँकेका अध्यक्ष नमस्कार शाहको उपस्थिती रहेको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी