कोभिडबाट बच्न वडामा चेतनामुलक तथा मास्क वितरण अभियान


कोभिडबाट बच्न वडामा चेतनामुलक तथा मास्क वितरण अभियान

नेपालगन्ज २६ जेठ : कोभिड–१९ संक्रमण महामारीविरुद्ध नेपालगन्जमा सचेतनामूलक अभियान शुरु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–५ को कार्यालय तथा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा वडामा कोभिड–१९ को संक्रमणबाट बच्न चेतनामूलक सन्देश प्रवाह तथा मास्क वितरण अभियान थालिएको हो ।

सामाजिक दूरी कायम गरि उक्त अभियानको आज बुधबार वडा अध्यक्ष कैफुलवरा जोलाहले शुभारम्भ गर्दै वडाबासीलाई कोभिडको संक्रमण तथा महाबारीबाट बच्न तथा अपनाउनुपर्ने सावधानीका लागि चेतनामुलक अभियानले सहयोग गर्ने बताए ।

वडामा कोरोना भाइरसका लक्षण, संक्रमणका बेला अपनाउनुपर्ने सावधानी, तथा स्वास्थ्य सरसफाई लगायतका बारेमा सचेतनामुलक माइकिंग, फ्लेक्स बोर्ड जडान र पर्चा पम्पलेट वितरणका साथै सम्पूर्ण वडाबासीलाई मास्क लगाउने बानी पार्नका लागि मास्क वितरण शुरु गरिएको संस्थाका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

शुभारम्भ कार्यक्रममा वडासदस्यहरु कैफुलवरा जोलाह, ज्ञानमान श्रेष्ठ, मञ्जु बादी, अन्जुमन बानो अन्सारी, सइद हलवाई, वडाका अधिकृत इन्द्रबहादुर केसी, संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, कार्यकारी निर्देशक राकेशकुमार मिश्र लगायतको सहभागिता रहेको थियो ।

आजदेखि शुरु भएको सचेतना तथा मास्क वितरण अभियान साताब्यापी चल्नेछ । वडा अन्र्तगत विभिन्न चोक तथा टोलहरुमा अभियान सञ्चालन गरिनेछ ।