नेपालगन्ज २६ जेठ : नेपालको कोरोना भाइरस संक्रमण दरमा सुधार हुदैँ गएकोछ । संक्रमण दर सुधार हुदैँ गएपछि संक्रमण मुक्त हुनेसंगै संक्रमित मृत्यु दर पनि घटेर आएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पीसिआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो ।
पीसिआरमार्फत ३ हजार ४४९ जना र एन्टीजेटमार्फत ८९५ जना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएकोछ ।
योसंगै हालसम्म नेपालमा ६ लाख १५ हजार ६५२ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिए । उनले बुधबारको प्रेस व्रिफिङ्गमा बोल्दै देशभर आज ८० हजार ३३६ जना मात्रै सक्रिय संक्रमित रहेको बताए ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ८१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४८ जना संक्रमित निको भएका छन् । निको हुने दर ८५ दशमलव २ प्रतिशत पुगेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?