नेपालगन्ज २६ जेठ : नेपालको कोरोना भाइरस संक्रमण दरमा सुधार हुदैँ गएकोछ । संक्रमण दर सुधार हुदैँ गएपछि संक्रमण मुक्त हुनेसंगै संक्रमित मृत्यु दर पनि घटेर आएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पीसिआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो ।
पीसिआरमार्फत ३ हजार ४४९ जना र एन्टीजेटमार्फत ८९५ जना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएकोछ ।
योसंगै हालसम्म नेपालमा ६ लाख १५ हजार ६५२ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिए । उनले बुधबारको प्रेस व्रिफिङ्गमा बोल्दै देशभर आज ८० हजार ३३६ जना मात्रै सक्रिय संक्रमित रहेको बताए ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ८१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४८ जना संक्रमित निको भएका छन् । निको हुने दर ८५ दशमलव २ प्रतिशत पुगेको छ ।
लुम्बिनीमा आनीको नियुक्तिविरुद्ध काठमाडौंमा पनि प्रदर्शन (तस्विरहरूसहित)
लायन्स र राेयल्सका राेचक भेट : लुम्बिनीलाई ताज जाेगाउने चुनाैती, बदलाकाे रणनीतिमा सुदूरपश्चिम
बाँकेका सांसद खगेन्द्रको फेरि ‘इन्कारी स्पष्टीकरण’, छानबिन झन् जटिल र लामो हुने
डुडुवाले राप्तीमा जबर्जस्ती उत्खनन् गर्न थालेपछि राप्ती सोनारीको विरोध
श्रीमतिको हत्या गरेर आफू रुखमा झुन्डिए उमेश, चार वर्षीय छोरा पनि घाइते
बाँकेमा शान्तिपूर्ण भयो मूर्ति बिसर्जन, प्रहरी प्रमुख जिसी भन्छन्, ‘हामी पहिलादेखि नै समुदायमै थियौं’