नेपालगन्ज उपमहानगरपालिकाले कोरोनाविरुद्धको खोप खरिद गरि नगरबासीलाई प्रदान गर्ने


नेपालगन्ज उपमहानगरपालिकाले कोरोनाविरुद्धको खोप खरिद गरि नगरबासीलाई प्रदान गर्ने

नेपालगन्ज २६ जेठ : नेपालगन्ज उप–महानगरपालिकाले सम्पूर्ण नगरबासीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन आवश्यक पहल गर्ने निर्णय गरेको छ ।

नगरप्रमुख डाक्टर धवलशम्शेर राणाको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिका बैठकले सरकारले अनुमति दिएमा नगरबासीका लागि आवश्यक खोप खरिद गर्ने निर्णय गरेको छ ।

बैठकले हिमानी कोषले नेपालगन्जका लागि आवश्यक जोनसन एण्ड जोनसन कम्पनीको खोप निःशुल्क उपलब्ध गराउन प्रस्ताव गरे अनुसार सो प्रस्ताव स्वीकृति गर्ने निर्णय गरेको छ ।

हिमानी कोषले नेपालगन्जका लागि आवश्यक खोप उपलब्ध गराउन सक्ने प्रस्ताव नेपालगन्ज उपमहानगरपालिकालाई गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

नगर उपप्रमुख उमा थापामगरका अनुसार छिटो भन्दा छिटो सम्पूर्ण नगरबासीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन उप–महानगरपालिकाले पहल गर्न थालेको हो।

कोभिड विरुद्धको खोप अन्य संघ संस्थाले पनि उपलब्ध गराउन चाहेमा स्वीकृती दिने समेत बैठकले निर्णय गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार बैठकले सरकारलाई छिटो भन्दा छिटो कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग समेत गरेको छ ।