५२९३ जना निको हुदाँ ३७४९ जनामा कोरोना पुष्टि


५२९३ जना निको हुदाँ ३७४९ जनामा कोरोना पुष्टि

नेपालगन्ज २७ जेठ : देशभर थप ५ हजार २९३ जना संक्रमित निको भएका छन् ।

योसंगै नेपालमा संक्रमित निको हुनेदर ८५ दशमलब ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ५ लाख १५ हजार ५९१ जना संक्रमित निको भइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ९०१ जनाको पीसिआर र ५ हजार ३३७ जनाको एन्टीजेन परीक्षण गर्दा ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टि भएकोछ ।

देशभर पीसिआरमार्फत २ हजार ८७४ जना र एन्टीजेटमार्फत ८७५ जना संक्रमित पुष्टि भएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

हालसम्म पीसिआर परीक्षण गर्दा ६ लाख १ हजार ६८७ र एन्टीजेन परीक्षण गर्दा १७ हजार ७१४ जना व्यक्ति संक्रमित पुष्टि भएका छन् । तीमध्ये ५ लाख १५ हजार ५९१ ज्ना व्यक्ति निको भइसकेका छन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार २३८ जना संक्रमितको मृत्यु भएको छ ।