नेपालगन्ज २७ जेठ : राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको १६ औं स्थापना दिवसका अवसरमा बिहिवार बाँकेमा कार्यक्रम गरिएको छ ।
केन्द्रीय उपाध्यक्ष रामबहादुर चन्दको उपस्थितीमा नीलसागर सेवा आश्रममा सहयोग गरि दिवस मनाइएको छ ।
आश्रममा आश्रितहरुका लागि खाद्यान्न एवं कोभिड– १९ सम्बन्धित स्वास्थ्य सामाग्रीहरू खरिदका लागि २० हजार ५०५ रुपियाँ नगद सहयोग गरिएको हो ।
सो अवसरमा केन्द्रीय उपाध्यक्ष चन्दले सम्पूर्ण स्वास्थ्यकर्मीको हकहितका लागि संघले स्थापनाकालदेखि नै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताए ।
चन्दले कोभिडको उच्च जोखिम नियन्त्रणमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेको भन्दै अझ उच्च मनोबलका साथ काम गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?