बाँकेमा कोरोना परीक्षण दर घटेसंगै संक्रमित संख्यामा पनि कमी आयो


बाँकेमा कोरोना परीक्षण दर घटेसंगै संक्रमित संख्यामा पनि कमी आयो

नेपालगन्ज २८ जेठ : देशमै सबैभन्दा बढि कोरोना भाइरस संक्रमणले गाँजेको बाँकेमा यतिबेला कोरोना परीक्षण गराउनेको संख्यामा कमी आएकोछ ।

जिल्लामा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गत वैशाख १३ गतेदेखि निषेधाज्ञा लगाइएकोछ । पछिल्लो पटक थपिएको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बाइएकोछ ।

निषेधाज्ञाकाबीच कोरोना भाइरस संक्रमणमा गिरावट हुदैँ गएपछि परीक्षण गराउनेको संख्यामा पनि कमी आएको हो ।

बाँकेका तीन वटा ल्याबमा दिनहुँ स्वाब परीक्षण गरिन्छ । यसरी परीक्षण भएकामध्ये पनि संक्रमितको संख्या कम पाइने गरिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार बिहीबार एक सय ७६ जनाले कोरोना परीक्षण गरेका थिए । जसमध्ये २७ जनालाई कोरोना पुष्टि भएको थियो भने तीमध्ये बाँके जिल्लाका मात्र ५ जना संक्रमण पुष्टि भएको डिसिसिएमसी बाँकेले जनाएकोछ ।

डिसिसिएमसी बाँकेका अनुसार भेरी अस्पतालमा ६४ जनाको परीक्षण गरिएकोमा १५ जना, कोहलपुर मेडिकल कलेजमा ६१ जनाको जाँच गर्दा ५ जना र बागेश्वरी ल्याबमा ५१ जनाको परीक्षण गर्दा २७ जनालाई कोरोना पुष्टि भएको थियो ।

अस्पताल र ल्याबमा गएर परीक्षण गर्नेहरु सामान्य लक्षण देखिएका हुन्छन् । संक्रमितको सम्पर्कमा आएका केहीले परीक्षण गर्छन् ।

जिल्लामा केही दिनयता परीक्षण नै कम भइरहेको छ भने त्यसमा पनि पोजिटिभ देखिनेको संख्यामा कमी आइरहेकोछ । बाँकेमा परीक्षण गरिए पनि धेरै मानिस बाहिरी जिल्लाका हुने गर्दछन् ।

डिसिसिएमसी बाँकेका अनुसार शुक्रबार बिहान ११ः४५ जबेसम्म बाँके जिल्लाका मात्र ३०६ र बाँके जिल्ला बाहिरका ३३० जना गरि कुल ६३६ जनाको मृत्यु भइसकेकोछ ।