नेपालगन्ज २८ जेठ : देशमै सबैभन्दा बढि कोरोना भाइरस संक्रमणले गाँजेको बाँकेमा यतिबेला कोरोना परीक्षण गराउनेको संख्यामा कमी आएकोछ ।
जिल्लामा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गत वैशाख १३ गतेदेखि निषेधाज्ञा लगाइएकोछ । पछिल्लो पटक थपिएको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बाइएकोछ ।
निषेधाज्ञाकाबीच कोरोना भाइरस संक्रमणमा गिरावट हुदैँ गएपछि परीक्षण गराउनेको संख्यामा पनि कमी आएको हो ।
बाँकेका तीन वटा ल्याबमा दिनहुँ स्वाब परीक्षण गरिन्छ । यसरी परीक्षण भएकामध्ये पनि संक्रमितको संख्या कम पाइने गरिएकोछ ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार बिहीबार एक सय ७६ जनाले कोरोना परीक्षण गरेका थिए । जसमध्ये २७ जनालाई कोरोना पुष्टि भएको थियो भने तीमध्ये बाँके जिल्लाका मात्र ५ जना संक्रमण पुष्टि भएको डिसिसिएमसी बाँकेले जनाएकोछ ।
डिसिसिएमसी बाँकेका अनुसार भेरी अस्पतालमा ६४ जनाको परीक्षण गरिएकोमा १५ जना, कोहलपुर मेडिकल कलेजमा ६१ जनाको जाँच गर्दा ५ जना र बागेश्वरी ल्याबमा ५१ जनाको परीक्षण गर्दा २७ जनालाई कोरोना पुष्टि भएको थियो ।
अस्पताल र ल्याबमा गएर परीक्षण गर्नेहरु सामान्य लक्षण देखिएका हुन्छन् । संक्रमितको सम्पर्कमा आएका केहीले परीक्षण गर्छन् ।
जिल्लामा केही दिनयता परीक्षण नै कम भइरहेको छ भने त्यसमा पनि पोजिटिभ देखिनेको संख्यामा कमी आइरहेकोछ । बाँकेमा परीक्षण गरिए पनि धेरै मानिस बाहिरी जिल्लाका हुने गर्दछन् ।
डिसिसिएमसी बाँकेका अनुसार शुक्रबार बिहान ११ः४५ जबेसम्म बाँके जिल्लाका मात्र ३०६ र बाँके जिल्ला बाहिरका ३३० जना गरि कुल ६३६ जनाको मृत्यु भइसकेकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?