देशभर ३३८४ जनामा कोरोना पुष्टि हुँदा ६१ जनाको मृत्यु


देशभर ३३८४ जनामा कोरोना पुष्टि हुँदा ६१ जनाको मृत्यु

नेपालगन्ज २९ जेठ : देशभर पछिल्लो २४ घण्टामा ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

देशभर गरिएको ८ हजार ५ सय ६ पीसीआर र ५ हजार ९ सय ८८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणबाट २३८२ जना र एन्टिजेन परीक्षणबाट १००२ जना नयाँ संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ६ हजार ७ सय ७८ पुगेको छ ।

यस्तै गत २४ घण्टामा ६ हजार २ सय ९५ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको छ । भने देशमा निको हुने दर ८६.९ प्रतिशत रहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुने दर बढी रहेका कारण सक्रिय संक्रमितको संख्या घटेर ७१ हजार ३०१ पुगेको छ ।

यही अवधिमा थप ६१ जनाको मृत्यु भएको छ । नेपालमा ८ हजार ३६६ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्युदर १.६ प्रतिशत रहेको छ ।