बाँकेका एक सहित ५ जनाको मृत्यु


बाँकेका एक सहित ५ जनाको मृत्यु

नेपालगन्ज ३० जेठ : बाँकेमा उपचाररत कोरोना संक्रमित थप ५ जनाको मृत्यु भएकोछ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालमा ४ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १ जना गरि ५ जनाको मृत्यु भएको हो ।

यसरी मृत्यु हुनेमा बाँके, बर्दिया, दाङ, सल्यान र बैतडीका १÷१ जना कोरोना संक्रमित रहेकाछन् ।

डिसिसिएमसी बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचाररत पुडचौडी– ८ बैतडीका ५४ वर्षीय पुरुष, राजापुर –१ बर्दियाकी ४९ वर्षीया महिला, कालिमाटी– २ सल्यानका ४६ वर्षीय पुरुष र लमही– १ दाङकी ३२ वर्षीया महिलाको मृत्यु भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बैजनाथ गाउँपालिका–५ बाँकेका ६७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३०७ जना र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ३७ जनाको मृत्यु भएको छ ।