एसईई नतिजा साउन दोस्रो साता, आन्तरिक मूल्यांकन कसरी हुँदै छ ?


एसईई नतिजा साउन दोस्रो साता, आन्तरिक मूल्यांकन कसरी हुँदै छ ?

नेपालगन्ज ३१ जेठ : कोरोना संक्रमणका कारण यो वर्ष पनि आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा सार्वजनिक गरिँदै छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोस्रो साताभित्र सार्वजनिक गर्नेगरी तयारी सुरु गरेको छ ।

असार २० गतेभित्र सबै विद्यालयले आन्तरिक मूल्यांकन पठाउन निर्देशन दिएको बोर्डले कुनै अवरोध नभए साउन १५ भित्र नतिजा सार्वजनिक गर्नेगरी काम सुरु गरेको बोर्डले जनाएकोछ ।

विद्यार्थीको आन्तरिक मूल्यांकनबाट प्राप्त नतिजा असार २० गतेभित्र जिल्ला समन्वय एकाई कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने समयसीमा निर्धारण गरेको बोर्डका अध्यक्ष प्राचार्य चन्द्रमणि पौडेलले जानकारी दिए ।

विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नुपर्ने भएको छ । असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसइईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारीलगायतको काम बोर्डले गर्ने भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैबीच राष्ट्रिय परीक्षा बोर्डले निम्न कुरालाई मूल्यांकनको आधार बनाएको छ ।

एसईई मूल्यांकन–२०७७ को मूल्यांकन समितिमा पाँचजना हुनेछन् । जसमा प्रधानाध्यापक, गणित शिक्षक, अंग्रेजी शिक्षक, विज्ञान शिक्षक र वरिष्ठ शिक्षक हुनेछन् । मूल्यांकन प्रक्रियामा प्रयोगात्मक विषयको लागि निर्माणात्मक २०% (विद्यार्थीको हाजिरी र प्रस्तुति ) र निर्णयात्मक ५५% (त्रैमासिक परीक्षा मूल्यांकन)को आधार रहेको छ ।

यस्तै, प्रयोगात्मक नभएका विषयका लागि निर्माणात्मक २५% (विद्यार्थीको हाजिरी र प्रस्तुति) र निर्णयात्मक ७५% (त्रैमासिक परीक्षा मूल्यांकन) रहनेछ ।

मूल्यांकनको नतिजाको हार्डकपी र सफ्टकपी यही असार २० गतेभित्र शिक्षा विकास तथा समन्वय इकाइलाई बुझाउनुपर्नेछ । यस्तै, मूल्यांकनको मुख्य जिम्मा विषय शिक्षकको हुनेछ ।

गत वर्ष प्रधानाध्यापक एक्लैले गरेको र जथाभावी नम्बर हालेर पठाएको गुनासो आएपछि यस पटक पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको हो । विद्यार्थीको अत्यधिक मूल्याङ्कन गरिए कारण खोल्नुपर्ने प्रावधान बोर्डले राखेको छ । त्यसमा सहमत हुन नसकिएको अवस्थामा उक्त मूल्याङ्कनलाई फिर्ता गर्न सक्ने प्रावधान परीक्षासम्बन्धी कार्यविधिमा राखिएको बोर्डले जनाएको छ ।