भेरी अस्पतालले भोलीदेखि ओपीडी सेवा पुनः सञ्चालन गर्ने


भेरी अस्पतालले भोलीदेखि ओपीडी सेवा पुनः सञ्चालन गर्ने

नेपालगन्ज ३१ जेठ : बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या ओरालो लागेसंगै यतिबेला यहाँको जनजिवन सामान्य बन्दै गएकोछ ।

देशमै सबैभन्दा बढि कोरोना भाइरस संक्रमणले ग्रसित बाँके जिल्ला पछिल्ला केही दिनदेखि संक्रमित थपिने र मृत्युदर घटेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन (डीसिसिएमसी) बाँकेले निषेधाज्ञालाई समते केही खुकुलो बनाउदै लगेकोछ ।

यसैबीच कोरोना भाइरस संक्रमित संख्या बढेसंगै गत वैशखा पहिलो हप्तादेखि बन्द रहेको नेपालगन्ज स्थित भेरी अस्पतालले बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्ने तयारी गरेको छ ।

कोरोना भाइरस महामारी दोस्रो लहरसँगै ओपीडी बन्द गरेको भेरी अस्पतालले असार १ गते (भोली) मंगलबारदेखि पुनः सञ्चालन गर्ने जनाएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

भेरीले कोरोना बिरामीका लागि दुई सय बेड सञ्चालन गरेको थियो । महामारीका बेला त्यहाँ ३ सय २६ जनासम्म बिरामी आएका थिए ।

अहिले ६८ जना कोभिड–१९ का बिरामी छन् । एक सय १७ बेड खाली भएका छन् । बेड खाली हुने अवस्था आएकाले ओपीडी सञ्चालन गर्ने निर्णयमा पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

यसअघि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले बहिरंग सेवा (ओपीडी) सञ्चालनमा ल्याइसकेकोछ ।

कोहलपुरले १ सय ३० बेड कोरोना बिरामीका लागि छुट्याएकोमा अहिले एक सय ८ बेड खाली भएको छ । बाँकेका अस्पतालहरुमा अहिले बाँकेका ९१ जना बिरामीको उपचार भइरहेको छ ।