नेपालगन्ज ३१ जेठ : बाँकेमा जारी निषेधाज्ञा अवधि पुनः बढाइएकोछ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेले जिल्लामा कोरोना संक्रमणको दर घटेको बताएपनि जिल्ला प्रशासन कार्यालय बाँकेले एक हप्ताका लागि निषेधाज्ञा बढाएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गलेलले सोमबार एक आदेश जारी गर्दै बाँकेमा आगामी असार ७ गतेसम्मका लागि निषेधाज्ञा बढाइएको जनाएकाछन् ।
बाँके जिल्लामा कोभिड– १९ संक्रमणको दर क्रमश घट्दै गएको देखिएपनि जोखिमको अवस्था अझैं कायम नै रहेकोले सो को रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन भन्दै एक हप्ताका लागि निषेधाज्ञा थपिएको हो ।
नेपाल सरकार (मन्त्रीपरिषद्) को निर्णय, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बाँके जिल्ला भर लागु हुने गरि आगामी असार ७ गतेसम्म निषेधाज्ञा पुनः थप गरिएको प्रजिअ गेलालद्वारा जारी आदेशमा उल्लेखछ ।
तर, यसपटक थप गरिएको निषेधाज्ञामा भने केही भिन्नता रहेकोछ । प्रजिअ गलेलालद्वारा जारी आदेशमा भनिएकोछ मास्क, भौतिक दूरी लगायत जनस्वास्थ्यका मापदण्डहरुको अनिवार्य पालना गर्दै दूर शिक्षा लगायतका वैकल्पिक सिकाइका माध्यमबाट हुने शिक्षण तथा सिकाई, भिडभाड नहुने उपाय अवलम्बन गरि बीमा, बैंक तथा वित्तिीय संस्थाबाट हुने सेवा, कृषि कार्य, उद्योग, कलकारखाना, निर्माण कार्य(निर्माण स्थलमै श्रमिक, कामदार रहने गरि), दैनिक उपभोग्य वस्तु लगायतका पसल ब्यवसाय विहान ७ बजे देखि दिउँसो २ बजेसम्म मात्र सञ्चालन गर्ने, रेष्टुरेण्टबाट हुने प्याकिङ्ग तथा टेक अबे सेवा, विवाह, व्रतबन्ध, मृत्युसंस्कार लगायतका सामाजिक कार्यहरु( बढिमा १५ जनासम्म मात्र सहभागि हुने) गर्न दिइएकोछ ।
यसका लागि पेशा व्यवसाय, कार्यमा सम्बद्ध ब्यक्तिहरुको परिचय पत्र साथ सवारी साधन, अत्यावश्यक सेवा र सो कालागि प्रयोग हुने सवारी साधन, अनुमति प्राप्त सवारी साधन र मालबहाक तथा ढुवानी सञ्चालन हुन पाउनेछन् ।
प्रजिअ गेलालद्वारा जारी आदेशमा उक्त आदेश पालना गर्नु सवैको कर्तब्य हुने र यसको अवज्ञा गरे कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारबाही हुनेछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?