नेपालगन्ज ३१ जेठ : पछिल्लो २४ घण्टामा देशभर ५ हजार १४७ जना संक्रमित निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८७ दशमलब ८ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ३६ हजार २५२ जना संक्रमित निको भइसकेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ९१८ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।
देशभरका प्रयोगशालामा ९ हजार ४३८ जनाको पीसिआर र ५ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा पीसिआरमार्फत २ हजार ४९ जना र एन्टीजेटमार्फत ८६९ जना संक्रमित पुष्टि भएका छन् ।
यसैगरि पछिल्लो २४ घण्टामा देशभर ५३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ४६५ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ३६ हजार २५२ जना संक्रमित निको भइसकेका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?