५१४७ जनाले कोरोना जित्दा मात्र ५३ जनाको मृत्यु


५१४७ जनाले कोरोना जित्दा मात्र ५३ जनाको मृत्यु

नेपालगन्ज ३१ जेठ : पछिल्लो २४ घण्टामा देशभर ५ हजार १४७ जना संक्रमित निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८७ दशमलब ८ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ३६ हजार २५२ जना संक्रमित निको भइसकेका छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ९१८ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

देशभरका प्रयोगशालामा ९ हजार ४३८ जनाको पीसिआर र ५ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा पीसिआरमार्फत २ हजार ४९ जना र एन्टीजेटमार्फत ८६९ जना संक्रमित पुष्टि भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरि पछिल्लो २४ घण्टामा देशभर ५३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ४६५ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ३६ हजार २५२ जना संक्रमित निको भइसकेका छन् ।