नेपालगन्ज ३१ जेठ : बर्दिया जिल्लामा कोभिड–१९ को संक्रमणलाई व्यवस्थापन गर्न सरोकारवाला निकायविच भर्चुअल सम्वाद गरिएको छ ।
सम्वादका सहभागिहरुले बर्दिया अस्पतालमा विशेषज्ञसहितको चिकित्सक तथा पुर्ण दरबन्दी र प्रविधिसहितको व्यवस्था गरि स्वास्थ्य उपचारको सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिदै तेस्रो लहरको पुर्व तयारी गनुपर्ने बताएका थिए ।
पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज सोमबार गरेको भर्चुअल सम्वादका सहभागिहरुले कोरोना नियन्त्रणका लागि विभिन्न व्यक्ती तथा संस्थाहरुले प्रचार प्रसारका लागि स्वास्थ्य सामाग्री वितरण गरिएकाले वास्तविक चाहिने गरिब तथा अतिविपन्न नागरिकलाई वेवास्ता गरिएको बताएका थिए ।
अहिलेको अवस्थामा बजारमा खाद्यान्न लगायत सामाग्रीमा मुल्यबृद्धि, घरेलु हिंसा जस्ता विभिन्न घटना बढेको र दैनिक मजदुरी गर्ने नागरिकको मानवअधिकार संरक्षण गर्नुपर्ने कुरामा सहभागिहरुले स्थानीय सरकार तथा प्रशासनको भुमिका प्रभावकारी बनाउनुपर्ने माग गरेका थिए ।
सम्वादमा स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले कोभिड संक्रमणको महामारीको अवस्था र पहलका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
छलफलमा बर्दिया बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी, नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण ओली, पत्रकार महासंघ बर्दियाका निवर्तमान अध्यक्ष राजेन्द्र धिताल, स्थानीय सभाका संयोजक हरिबहादुर घर्ति, गुलरिया नगरपालिकाका अधिकृत कपिल घिमिरे लगायतले आ आफ्नो विचार राखेका थिए ।
आयोजक संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न सम्वादमा कार्यकारी निर्देशक राकेशकुमार मिश्रले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए भने कार्यक्रम संयोजक टेकनाथ आचार्यले सहजीकरण गरेका थिए ।
छलफलमा नागरिक समाज, अधिकारकर्मी, लक्षित वर्ग तथा अन्य सरकारी तथा गैरसरकारी निकायका करिब ५० जनाको सहभागिता रहेको कार्यक्रम अधिकृत प्रतापसिंह थारुले बताए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी