नेपालगन्ज १ असार : कोरोना महामारिकाबीच करिब २ महिनापछि भेरी अस्पताल नेपालगन्जले बहिरंग सेवा (ओपीडी) सञ्चालनमा ल्याएकोछ ।
कोरोना भाइरस संक्रमित संख्या बढेसंगै गत वैशाख पहिलो हप्तादेखि बन्द रहेको नेपालगन्ज स्थित भेरी अस्पतालले बहिरंग सेवा (ओपीडी) सञ्चालनमा ल्याएको हो ।
कोरोना भाइरस महामारी दोस्रो लहरसँगै ओपीडी बन्द गरेको भेरी अस्पतालले असार १ गते (आज) मंगलबारदेखि पुनः सञ्चालन गरेको छ ।
भेरीले कोरोना बिरामीका लागि दुई सय बेड सञ्चालन गरेको थियो । महामारीका बेला त्यहाँ ३ सय २६ जनासम्म बिरामी आएका थिए । अहिले ६८ जना कोभिड–१९ का बिरामी छन् । एक सय १७ बेड खाली भएका छन् । बेड खाली हुने अवस्था आएकाले ओपीडी सञ्चालन गर्ने निर्णयमा पुगेको अस्पताल प्रशासनले जनाएको छ ।
यसअघि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले बहिरंग सेवा (ओपीडी) सञ्चालनमा ल्याइसकेकोछ । कोहलपुरले १ सय ३० बेड कोरोना बिरामीका लागि छुट्याएकोमा अहिले एक सय ८ बेड खाली भएको छ ।
बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या ओरालो लागेसंगै यतिबेला यहाँको जनजिवन सामान्य बन्दै गएकोछ । देशमै सबैभन्दा बढि कोरोना भाइरस संक्रमणले ग्रसित बाँके जिल्ला पछिल्ला केही दिनदेखि संक्रमित थपिने र मृत्युदर घटेपछि बाँकेमा लगाइएको निषेधाज्ञा समेत केही खुकुलो बनाइएकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?