बाँके, बर्दिया, दाङ र सुर्खेत लगायत जिल्लाका नदी सतर्कता तह आसपास पुग्ने
File Photo
नेपालगन्ज १ असार : जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज देशका केही नदीमा पानीको बहाव बढ्ने भन्दै सर्तकता अपनाउन आग्रह गरेकोछ ।
महाशाखाका अनुसार आज देशका केही नदीमा पानीको बहाव बढ्ने र केही साना नदीमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने अनुमान गर्दै उच्च सर्तकता अपनाउन आग्रह गरिएको हो ।
आज कोसी र यसका सहायक नदीमा बहाव सामान्य रहनेछ । नारायणी, कर्णाली र महाकाली जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम÷भारी वर्षा भई बहाव केही बढ्ने र केही स–साना नदीमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने जनाइएको छ ।
आज कन्काई र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने, कमला, वाग्मतीलगायतमा बहाव बढ्ने तर सतर्कता तहभन्दा तलै हुने जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा जनाइएको छ ।
यसैगरी पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबईका स–साना नदीजलाधारमा बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने अनुमान गरिएको छ ।
आज कालीगण्डकी, भेरी र यसका सहायक नदी जलाधारलगायत बारा, पर्सा, रौतहट, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, चितवन, मकवानपुर, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर परासी, पाल्पा। कपिलवस्तु अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने अनुमान गरिएको छ ।
आउँदो तीन दिन कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधारलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भई बहने केही स–साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ ।
केहीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्ने अनुमान गरिएकोले साना नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु