File Photo
नेपालगन्ज १ असार : कोरोना भाइरस संक्रमणका कारण बन्द भएको शैक्षिक संस्था आजबाट खुलेकाछन् ।
देशभरका विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक शत्र सुरु भएको छ । नयाँ शैक्षिक शत्र अन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी छ ।
कोभिड–१९ का कारण नियमित नयाँ शैक्षिक शत्र दुई महिनापछि धकेलिएर असार १ गतेदेखि शुरु भएको हो । नयाँ भर्नाका लागि जेठ २५ देखि प्रचार प्रसार गरी असार १ देखि भर्ना अभियान शुरु गर्ने संघीय सरकारको कार्यतालिका बनेको थियो । त्यही कार्यतालिका अनुसार स्थानीय सरकारले महिनाभर भर्ना अभियान सञ्चालन गर्न लागिएको हो ।
यही भर्ना अभियानको समयावधि भित्र विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइसक्नुपर्ने छ । स्थानीय तहहरुले विद्यार्थीको मूल्यांकन नतिजा सार्वजनिक गर्न र भर्ना अभियान सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेका छन् ।
कोरोना संक्रमणका कारण अन्य क्षेत्रजस्तै विद्यालयहरु पनि प्रभावित भएपछि शिक्षा मन्त्रालयले नियमावलीलाई संशोधन गरेर शैक्षिक शत्र दुई महिना ढिला गरी सञ्चालन गर्ने निर्णय गरेको थियो । अघिल्ला वर्षहरुमा विद्यालयहरुको शैक्षिक शसत्र वैशाखदेखि सुरु हुने गर्दथ्यो ।
एउटा शैक्षिक शत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घण्टा पढाउनुपर्छ । सामान्यतया सार्वजनिक बिदा, साप्ताहिक बिदाबाहेक करिब दुई सय दिन विद्यालय सञ्चालन हुन्छ ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु