जनमतको त्रैमासिकमा ४१ जनाले रगत दान गरे


जनमतको त्रैमासिकमा ४१ जनाले रगत दान गरे

नेपालगन्ज १ असार : जनमत अद्र्ध साप्ताहिकले एसओएस युवालय नेपालगन्जको सहकार्यमा विश्व रक्तदाता दिवस–२०२१ तथा ३५ औं अन्तर्राष्ट्रिय एसओएस दिवस र एसओएसका संस्थापक डाक्टर हर्मन माइनरको १०२ औं जन्मजयन्तिको अवसरमा आयोजना गरिएको जनमत त्रैमासिक रक्तदान कार्यक्रममा १० जना महिलासहित ४१ जनाले रक्तदान गरेकाछन् ।

नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष दामोदर भण्डारीले प्राविधिक होमराज गिरिलाई रक्त संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु गरिएको थियो । जनमतको रजत वर्ष–२०६३ देखि ‘रक्तदान जीवनदान’ को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित ‘त्रैमासिक रक्तदान कार्यक्रम’ को ४९ औं श्रृङ्खलासम्म करीब २ हजार ८ सय भन्दा बढी संख्यामा स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेको जनमत सम्पादक पूर्णलाल चुकेले जानकारी दिए ।

कार्यक्रम संयोजक पत्रकार पवन जायसवालका अनुसार सो कार्यक्रममा पत्रकार झलक गैरे, शंकर प्रसाद खनाल र शम्भू थारुले नियमित रक्तदान गर्दै आएकाछन् । त्यसैगरि नियमित रक्तदाता नीरजमान श्रेष्ठ, लक्ष्मण कुमार वैश्य, पवनकुमार वैश्य, भगवानशरण यादव, होमराज गिरी, विनोद कुमार वैश्य लगायतले रक्तदान गरेका थिए ।

रक्तदाताहरुमा समाजिक अभियन्ता दीला शाह, एसओएसका रमी शाक्य, भिमा बस्नेत, कृष्णा केसी, जया बुढा, कञ्चन बस्नेत, स्वेता विष्ट, सिमरन श्रेष्ठ, सरिता वैश्य, विवेक कुमार वैश्य, गुरुदीन यादव, धर्मेन्द्र सिंह, रोहित गुप्ता, अवधेश कुमार यादव, धन बहादुर धामी, हस्त बहादुर गुरुङ, रुस्तम अली दर्जी लगायत थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा होमराज गिरी, सोम प्रसाद सापकोटा, सुनील पुलामी मगर, पुनम थापा, बैकुण्ठ रेग्मी, केशर सिंह क्षेत्रीको प्राविधिक टोली र आकाश जायसवाल तथा मनमोहन वर्माले सहयोग गरेका थिए ।

कतिपय नियमित रक्तदाताहरु विविध कारणबस उपस्थित हुन नसकेको र रक्तदान गर्ने उच्च अभिलाषा बोकेर आउने कतिपय रक्तदाता उच्च रक्तचाप, न्यून रक्त चाप र औषधि सेवनका कारण रक्तदान गर्न नपाई निरास भई फर्कनु परेको कार्यक्रम संयोजक जायसवालले बताए । एसओएस युवालय नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वास, मीना तुलाधर लगायतको सहभागिता रहेको थियो ।

स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुन जान्छ र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।

रक्तदान कार्यक्रम अघि विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी, बाँकेले राखेको कार्यक्रममा मानव जीवनमा रगत र रक्तदानको महत्वका विषयमा चर्चा गरिएको थियो ।

सो अवसरमा अध्यक्षको आशनबाट बोल्दै नेपाल रेडक्रस सोसाइटी, बाँकेका सभापति गोबद्र्धन सिंह सम्झनाले रगत बिना मानव जीवन असम्भ छ, त्यसैले रक्तदान नै जीवन दान हो भन्दै रक्तदान गर्नेहरु महान हुन् र रक्त सञ्चार सेवा सञ्चालन गरेर रक्तदाताहरुलाई रेडक्रसले उत्प्रेरित गर्दै आएको बताए । उनले पश्चिम नेपालमा संस्थागत रुपमा हरेक तीन महिनामा रक्तदान कार्यक्रमको अभियान सञ्चालन गर्ने जनमत नै भएको जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य संयोजक राजकुमार वर्माले स्वागत मन्तव्य राखेका थिए भने रेसक्रस सोसाइटी बाँकेकी अधिकृत सरिता सिंहले सहजीकरण गरेकी थिइन् ।