देशभर ४१८७ संक्रमित निको हुँदा २७४५ जना थपिए


देशभर ४१८७ संक्रमित निको हुँदा २७४५ जना थपिए

नेपालगन्ज १ असार : देशभर पछिल्लो २४ घण्टामा थप ४ हजार १८७ जना संक्रमित निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४० हजार ४३९ जना संक्रमित निको भइसकेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार ७४५ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ७ हजार ४४९ जनाको पीसिआर र ५ हजार ८४१ जनाको एन्टीजेन परीक्षण गर्दा पीसिआरमार्फत १ हजार ६८१ जना र एन्टीजेटमार्फत १ हजार ६४ जना संक्रमित पुष्टि भएका हुन् ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ४१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ५०६ जना संक्रमितको मृत्यु भएको छ ।