नेपालगन्ज २ असार : देशभर थप ३ हजार ८२ जना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८२ जनाले कोरोना जितेका हुन् । योसंगै नेपालमा हालसम्म ५ लाख ४३ हजार ५२१ जना संक्रमित निको भइसकेका छन् ।
नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२८ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा पीसिआर र एन्टीजेन गरी १३ हजार २२ जनामा गरिएको परीक्षणमा २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ८ हजार ६८७ जनाको पीसिआर र ४ हजार ३३५ जनाको एन्टीजेन परीक्षण गर्दा पीसिआरमार्फत २ हजार १४ जना र एन्टीजेटमार्फत ८१४ जना संक्रमित पुष्टि भएका हुन् ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर ५२ जना संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म ८ हजार ५५८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?