देशभर थप २१४१ जनाले कोरोना जित्दा ३९ जनाको मृत्यु


देशभर थप २१४१ जनाले कोरोना जित्दा ३९ जनाको मृत्यु

नेपालगन्ज ३ असार : देशभर थप २ हजार १४१ जनाले कोरोना जितेकाछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर विभिन्न अस्पताल तथा होम आइसोलेसनमा रही स्वास्थ्य लाभ लिइरहेका २ हजार १४१ जनाले कोरोना जितेका हुन् ।

योसंगै नेपालमा ५ लाख ४५ हजार ६६२ जना संक्रमित निको भइसकेका छन् । नेपालमा संक्रमित निको हुने दर ८८ दशमलब ६ प्रतिशत रहेको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६०७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोछ । देशभरका प्रयोगशालामा १२ हजार ४८४ जनाको पीसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ६०४ जनामा कोराना पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार ७ हजार ७७१ जनाको पीसिआर र ४ हजार ७७३ जनाको एन्टीजेन परीक्षण गर्दा पीसिआरमार्फत १ हजार ७६८ जना र एन्टीजेटमार्फत ८३९ जना संक्रमित पुष्टि भएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर ३९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ५९७ जना संक्रमितको मृत्यु भएको छ ।