File Photo
नेपालगन्ज ४ असार : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिम राप्ती, कर्णाली, कोशी र नारायणी लगायतका नदीमा पानीको उच्च वहाव हुने जनाएकोछ ।
आज बिहानको मापनअनुसार कोशी, नारायणी, पश्चिम राप्ती, कर्णाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको तर, सबैमा बहाव सतर्कता तहभन्दा तल नै रहेको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेखछ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तथा सबैमा बहाव सतर्कताभन्दा तलै हुने छ ।
कोशी जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्ष भइ बहाव बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाव भइ सतर्कता तह आसपास पुग्न सक्ने बताइएको छ ।
यता, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव बढ्दो हुने र केही स–साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
आज प्रदेश १ को इलाम झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, ताप्लेजुङ, संखुवासभा, प्रदेश २ को सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बागमती प्रदेशको दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौँ, चितवन, मकवानपुर, गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालिकोट, हुम्ला, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भइ बहने स–साना नदी जलाधारमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाव (फ्ल्यास फ्लड) हुन सक्ने महाशाखाको पूर्वानुमान रहेको छ ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु