विपद् व्यवस्थापनमा जुट्यो राप्तीसोनारी


विपद् व्यवस्थापनमा जुट्यो राप्तीसोनारी

नेपालगन्ज ४ असार : निरन्तरको वर्षासंगै आएको बाढी पहिरोले देशभर ताण्डब मच्चाइरहेका बेला बाँकेको राप्तीसोनारी गाउँपालिकाले बाढि र डुबानबाट बच्न तयारी थालेकोछ ।

वर्षेनी बाढी, डुवान र कटानबाट पीडित राप्तीसोनारी गाँउपालिकाले बाढी र डुवानबाट हुनसक्ने क्षती र यसको व्यवस्थापनका लागि तयारी थालेको हो ।

राप्तिसोनारी गाँउपालिकाका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा भएको विपद् व्यवस्थापन सम्बन्धि बैठकमा गाँउपालिका सम्पूर्ण जनशक्ति सञ्चालनको निर्देशन समेत दिएकाछन् ।

बैठकमा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीका अनुसार पालिकाले गरेको तयारी तथा विपद् प्रतिकार्य योजनाका बारेमा जानकारी गराएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेको राप्तिसोनारी गाँउपालिका बाढीजन्य विपद्को उच्च जोखिममा रहेको गाँउपालिका हो । राप्ति नदिले हरेक वर्ष डुवान कटानको समस्या र जोखिम निम्त्याउने भएकोले बाढी जन्य प्रकोपबाट जोगिनका लागि जोखिमयुक्त स्थानहरुको पहिचान गरि योजना अनुसार काम अगाडि बढाईएको वडा नम्बर ६ का वडाध्यक्ष तथा विपद् फोकल पर्सन जनकराम थारुले जानकारी दिए ।

यसैबीच, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले राप्तिसोनारी गाँउपालिकाकोे विपद् जोखिम प्रतिकार्य योजना अनुसार पालिकाले तयारी बढाउन निर्देशन दिंदै जोखिम न्यूनिकरणका लागि निर्देशन दिदैँ जिल्ला विपद् व्यवस्थापन समितिले पनि विभिन्न क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले बाढी तथा प्रकोपको पहिलो सामना गर्ने स्थानीय तहनै भएको बताउदै बाढी जन्य प्रकोपबाट हुन सक्ने मानविय र भौतिक क्षतिलाई न्युनिकरण गर्नका लागि बिषेश योजना निर्माण गरि कार्यान्वयनमा लैजान आवश्यक रहेको औल्याए ।