देशभर ४०२० जनाले कोरोना जित्दा थप २७६८ जनामा कोरोना पुष्टि


देशभर ४०२० जनाले कोरोना जित्दा थप २७६८ जनामा कोरोना पुष्टि

नेपालगन्ज ४ असार : पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार २० जना संक्रमित निको भएका छन् । योसंगै नेपालमा हालसम्म ५ लाख ४९ हजार ६८२ जना संक्रमित निको भइसकेका छन् ।

नेपाल कोरोना संक्रमित निको हुने दर ८९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

यसैबीच मन्त्रालयका अनुसार देशभर थप २ हजार ७६८ जनामा कोरोना पुष्टि भएकोछ । देशभरका प्रयोगशालामा १३ हजार ३७ जनाको पीसिआर र एन्टीजेट परीक्षण गर्दा थप २ हजार ७६८ जनामा कोराना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ५६९ जनाको पीसिआर र ४ हजार ४६८ जनाको एन्टीजेन परीक्षण गर्दा पीसिआरमार्फत एक हजार ९६३ जना र एन्टीजेटमार्फत ८०५ जना संक्रमित पुष्टि भएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ४४ जना संक्रमितको मृत्यु भएको छ । हिजो बिहीबार मात्रै ३९ जनाको मृत्यु भएको थियो । योसंगै नेपालमा हालसम्म ८ हजार ६४१ जना संक्रमितको मृत्यु भएको छ ।