नेपालगन्ज ४ असार : पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार २० जना संक्रमित निको भएका छन् । योसंगै नेपालमा हालसम्म ५ लाख ४९ हजार ६८२ जना संक्रमित निको भइसकेका छन् ।
नेपाल कोरोना संक्रमित निको हुने दर ८९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।
यसैबीच मन्त्रालयका अनुसार देशभर थप २ हजार ७६८ जनामा कोरोना पुष्टि भएकोछ । देशभरका प्रयोगशालामा १३ हजार ३७ जनाको पीसिआर र एन्टीजेट परीक्षण गर्दा थप २ हजार ७६८ जनामा कोराना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ७ हजार ५६९ जनाको पीसिआर र ४ हजार ४६८ जनाको एन्टीजेन परीक्षण गर्दा पीसिआरमार्फत एक हजार ९६३ जना र एन्टीजेटमार्फत ८०५ जना संक्रमित पुष्टि भएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ४४ जना संक्रमितको मृत्यु भएको छ । हिजो बिहीबार मात्रै ३९ जनाको मृत्यु भएको थियो । योसंगै नेपालमा हालसम्म ८ हजार ६४१ जना संक्रमितको मृत्यु भएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?