नेपालगन्ज ४ असार : नेपालगन्ज उप–महानगरपालिकाले अपांगता भएका ब्यक्तिहरुलाई शुक्रबार सहायक सामग्री वितरण गरेको छ ।
उपमेयर उमा थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २ वटा ट्राई साईकल, २ वटा वाकर, ४ वटा ह्विल चेयर, एउटा बैसाकी र १२ वटा सेतो छडी सहयोग गरिएको हो ।
नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा अपांग सशक्तिकरण तथा सञ्चार केन्द्रको सहजिकरणमा नेपालगन्ज नगर स्तरीय अपांगता सञ्जालले गरेको सो कार्यक्रममा अपांगता परिचय–पत्र व्यवस्थापनका लागि डिजिटलाईजेसन प्रिन्टर मेसिन र कार्ड समेत उपलब्ध गराइएको छ ।
सञ्जालका अध्यक्ष गोकर्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह, राष्ट्रिय अपांग महासंघका केन्द्रीय सचिव भावुकजंग थापा, प्रदेश अध्यक्ष देबीदत्त आचार्य लगायतको सहभागिता थियो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?