अपांगता भएका ब्यक्तिलाई नेपालगन्जको सहयोग


अपांगता भएका ब्यक्तिलाई नेपालगन्जको सहयोग

नेपालगन्ज ४ असार : नेपालगन्ज उप–महानगरपालिकाले अपांगता भएका ब्यक्तिहरुलाई शुक्रबार सहायक सामग्री वितरण गरेको छ ।

उपमेयर उमा थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २ वटा ट्राई साईकल, २ वटा वाकर, ४ वटा ह्विल चेयर, एउटा बैसाकी र १२ वटा सेतो छडी सहयोग गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा अपांग सशक्तिकरण तथा सञ्चार केन्द्रको सहजिकरणमा नेपालगन्ज नगर स्तरीय अपांगता सञ्जालले गरेको सो कार्यक्रममा अपांगता परिचय–पत्र व्यवस्थापनका लागि डिजिटलाईजेसन प्रिन्टर मेसिन र कार्ड समेत उपलब्ध गराइएको छ ।

सञ्जालका अध्यक्ष गोकर्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह, राष्ट्रिय अपांग महासंघका केन्द्रीय सचिव भावुकजंग थापा, प्रदेश अध्यक्ष देबीदत्त आचार्य लगायतको सहभागिता थियो ।