नेपालगन्ज ५ असार : जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने जनाएकोछ ।
यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेल बताएकीछिन् ।
‘यस वर्ष मनसुन सक्रिय भएर भित्रिएकाले यो वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ’, मौसमविद् कँडेलले भनिन्, ‘त्यसैले केही दिन वर्षाको सिलसिला निरन्तर जारी रहन सक्छ ।’ केही दिनपछि भने यो वायुको प्रभाव निस्तेज हुने उनको भनाइ छ ।
मनसुन शुरु हुने औसत मितिभन्दा तीन दिनअघि नै यस वर्ष सक्रिय मनसुनले लगातार पानी पारिरहेको छ । विभागका अनुसार, अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ भने प्रदेश नम्बर– १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मनसुनी वायुले हल्का पानी पारिरहेको छ ।
आज दिउँसो भने देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।
प्रदेश नम्बर १, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका थोरै स्थानमा भने मेघगर्जनसहित भारी वर्षाको सम्भावना महाशाखाले औँल्याएको छ । महाशाखाका अनुसार वर्षाको यो सिलसिला आगामी आईतबार र सोमबार पनि जारी रहनेछ ।
यसैबीच, सरकारले नै यो वर्षको मनसुनमा अन्य वर्षहरुमाभन्दा धेरै जनधनको क्षति हुन सक्ने प्रक्षेपण मनसुन सुरु हुनुभन्दा अघि नै सार्वजनिक गरेको थियो ।
नभन्दै मनसुन सुरु भएलगत्तै सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा आएको बाढीपहिरोले व्यापक क्षति पु¥यायो । विपदमा जानकारी राख्नेहरु यो झन् ठूलो विपत्तिको पूर्वसंकेत भएको बताउँछन् ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको सम्भावित जोखिमको सूची अनुसार २३ जिल्लाका १७ लाख बासिन्दा बाढीबाट र २६ जिल्लाका १ लाख २० हजार बासिन्दा पहिरोबाट प्रभावित हुने अनुमान छ ।
प्राधिकरणका अनुसार २०६८ साल वैशाख १ देखि २०७७ चैत ३१ सम्मको अवधिमा पहिरोबाट १२ सय ५ जनाले ज्यान गुमाए भने २९७ जना बेपत्ता भएको तथ्यांक छ ।
कोरोना महामारीका बेला बढेको प्राकृतिक प्रकोपले उद्धार, पुनःस्थापना र प्रतिकार्यका अरु क्रियाकलापहरु कोभिड–१९ को सम्भावित संक्रमणबाट जोगिएर गर्नुपर्ने चुनौती बढेकोछ । बाढी र डुबानको अत्यधिक जोखिम रहेका जिल्लाहरु नै कोभिडको पनि धेरै जोखिममा छन् । यस्तो बेला बाढीबाट उत्पन्न हुने संक्रामक रोगको महामारी र कोभिडको महामारी फैलिनसक्ने भन्दै विज्ञहरुले सजग र सर्तकता अपनाउन आग्रह गरेकाछन् ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु