File Photo
नेपालगन्ज ५ असार : तीन दिन अविरल वर्षापछि आएको बाढीले वितण्डा मच्चाएको सिन्धुपाल्चोकको मेलम्ची खोलामा फेरी बाढी आएकोछ ।
शुक्रबार साँझ साढे ८ बजेदेखि खोलाको बहाव ह्वात्तै बढ्दै गएको मेलम्ची प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए । प्रहरीले त्यस आसपासका जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।
वर्षा सामान्य भएपनि बाढीको बहाव बढी मात्रामा आएको उनको भनाई छ । प्रहरी निरीक्षक राईले भने–‘हिजो अस्तिको भन्दा केही बढी मात्रामा बाढी आएपनि पहिलो दिनको भन्दा अलि कम छ । मेलम्ची क्षेत्रमा पानी खासै ठूलो नपरेपनि बाढीको मात्रा बढेको छ । माइकिङ गरेर सर्वसाधारणलाई सुरक्षित स्थानमा सारेका छौँ ।’
हेलम्बु क्षेत्रमा बाढीको प्रभावबारे विस्तृत बिवरण आउन बाँकी रहेको छ । ३ दिन अघि मेलम्ची तथा याङ्ग्री र लार्के नदीमा आएको भीषण बाढीले हेलम्बु तथा मेलम्ची क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ ।
यसैबीच बाढी पूर्वानुमान शाखाले भोटेकोशीको बाढीले नदीसतह पार गरेको जनाएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा भोटेकोशी नदीको बाढीले खतराको तह पार गरेको संकेत गर्दै सर्तक रहन आग्रह गरेको छ ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु