नेपालगन्ज ५ असार : देशभर थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ हजार १० पीसीआर र ४ हजार ६ सय ८६ जनाको एन्टीजेन परीक्षणका क्रममा थप २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ । भने पछिल्लो २४ घण्टामा थप ३ हजार ६६० जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ पुगेको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा देशभर थप ३४ जना संक्रमितको मृत्यु भएको छ । पछिल्ला दिनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि कम हुदैगएकोछ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ ।