File Photo
डुडुवा ५ असार : संघ र प्रदेश सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याइसकेपछि अब स्थानीय सरकारले नयाँ बजेटको तयारी गरेका छन् ।
बाँके डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७८।०७९ को नीती तथा कार्यक्रम र बजेटको तयारी तिब्र रुपमा गरिरहेको छ । यही असार १० गते बस्ने डुडुवाको नवौं गाउँसभाले नीति तथा कार्यक्रम र बजेट ल्याउने छ ।
कोभिड–१९ को संक्रमणको व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पशु, विपत, वन तथा वातावरण, विकास निमार्ण लगायतका विषयलाई प्राथमिकीकरण गरि यस वर्ष केही ठुला र महत्वपूर्ण योजना ल्याउने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
स्थानीय तहमा योजना छनोटका चरण अन्र्तगत अहिले वडास्तरीय योजनाहरु छनोट भईसकेर आउने क्रम जारीछ भने ति योजना आइसकेपछि विषयगत समितिको बैठकबाट योजना पास हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताए ।
उनका अनुसार विषयगत समितिबाट पास भएका योजना तथा कार्यक्रम बजेट तर्जुमा समितिले पास गरि कार्यपालिकाको बैठकमा पेश गर्नेछ । र कार्यपालिकाको बैठकपछि गाउँसभामा निति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।
गाउँपालिकाले विगतका वर्षदेखि सञ्चालन गरेको स्वास्थ्य, पशु लगायतका विभिन्न अभियानहरुको निरन्तरता, केही ठुला तथ महत्वपूर्ण योजना र वन ऐन लगायतका केही नया विधेयकहरु नवौ गाउँसभामा प्रस्तुत हुने गरि तयारी भईरहेको गाउँपालिकाले जनाएको छ ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु