बर्दिया ५ असार : कोरोना भाइरस कोभिड–१९ नियन्त्रणका लागी नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको अवधिमा कोभिड प्रभावित बर्दिया गुलरियाका टाँगा चालक परिवारलाई नेपाल भारतमैत्री संघ बर्दिया शाखा गुलरियाले खाद्यान्न सामाग्री वितरण गरेको छ ।
बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ६ र ७ मा रहेका करिब ३५ जना टाँगा व्यवसायीहरु कोभिड– १९ का कारण टाँगा व्यवसाय ठप्प भएका कारण दैनिक जिवनयापन गर्न समेत अप्ठेरो भएको सन्दर्भलाई मध्यनजर गर्दै नेपाल भारतमैत्री संघ बर्दिया शाखाले एक जनालाई करिब १ हजार ५ सय रुपैयाँका दरले चामल, तेल, नुन, पिठो वितरण गरेकोछ ।
नेपाल भारतमैत्री संघ बर्दिया शाखाका अध्यक्ष धेनेशकुमार यादवका अनुसार बर्दियाको गुलरियामा रहेका टाँगा व्यवसायीहरुले गुलरियादेखि भारतको मुर्तिहासम्म टाँगा सञ्चालन गर्दै आइरहेका छन् ।
लामो समयदेखि टाँगा व्यवसाय ठप्प भएपछि जीविकोपार्जन गर्न धौधौ परेपछि संघले राहत स्वरुप खाद्यान्न वितरण गरेको हो ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु