नेपालगन्ज ६ असार : नेपालमा दिनहुँ संक्रमित थपिने भन्दा कोरोनाबाट निको हुनेको संख्या बढ्दै गएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन् ।
योसंगै नेपालमा हालसम्म ५ लाख ५६ हजार ७९८ जना संक्रमित निको भइसकेका छन् । भने नेपालमा संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार यही अवधिमा देशभरका प्रयोगशालामा गरिएको परीक्षणबाट २ हजार ४४२ जनामा कोरोना पुष्टि भएकोछ ।
देशभरका प्रयोगशालामा गरिएको १० हजार ९५६ जनाको पीसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४२ जनामा कोराना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ६७७ जनाको पीसिआर र ४ हजार २४९ जनाको एन्टीजेन परीक्षण गर्दा पीसिआरमार्फत १ हजार ४२१ जना र एन्टीजेटमार्फत १ हजार २१ जना संक्रमित पुष्टि भएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ५१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ७२७ जना संक्रमितको मृत्यु भएको छ । भने देशभर ५५ हजार ५३२ जना सक्रिय संक्रमित रहेका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?