नेपालगन्ज ६ असार : भेरी अस्पताल नेपालगन्जका चिकित्सक र स्टाफ नर्समाथि कुटपिटको आरोप खेपेका दाङका तीनजा छुटेका छन् ।
गत जेठ १३ गते बेलुकी ८ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि आक्रोशित बनेका उनीहरूले उपचारमा लापरबाही भएको भन्दै त्यहाँ कार्यरत चिकित्सक र स्टाफ नर्सहरूमाथि कुटपिट तथा अस्पतालमा तोडफोड गरेका थिए ।
घटनामा संलग्न रहेको भन्दै प्रहरीले मृतकका भाई र छोराहरु मानबहादुर रावतस, भरत रावत र लोकराज रावतलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरी हिरासतमा रहेका रहेका तीनैजना आईतबार धरौटीमा छुटेका हुन् । बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल ईजलासले चिकित्सक र स्टाफनर्समाथि आक्रमण गर्ने तीनैजना जनही ५०/५० हजार धरौटी बुझाएर छुटेका छन् ।
अस्पतालका चिकित्सक र स्टाफ नर्समाथि कुटपिट गरेको आभियोगमा थुनामा रहँदै आएका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दाङ तुलसीपुरका मानबहादुर रावतस र उनका भतिजा भरत रावत र लोकराज रावतलाई जनही ५०/५० हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको थियो ।
बाँके जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टले तोकिएको धरौटी बुझाएर तीनै जना आईतबार नै रिहा भएको बताएकाछन् ।
घटनाको चौतर्फी भत्र्सना भएपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले घटनाको ५ दिनपछि २५ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो । छानविन समितिले भेरी अस्पतालका चिकित्सक र स्टाफ नर्समाथि सांघातिक आक्रमण भएको ठहर गर्दै दोषीलाई कारबाही गरिनुपर्ने भन्दै प्रतिबेदन बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाएको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी