पेटभित्रै बच्चाको मृत्युपछि आमाको उद्धार


पेटभित्रै बच्चाको मृत्युपछि आमाको उद्धार

हुम्ला ६ असार : हुम्लाको सिमकोट गाउँपालिका– ६ निवासी एक महिलाको प्रसव व्यथा लागेर समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चाको मृत्यु भएपछि आईतबार आमाको उद्धार गरिएको छ ।

सत्ताईस वर्षीय जगतमाया रोकायालाई असार एक गतेबाट प्रसव व्यथा लागेको भए पनि प्रतिकूल मौसमका कारण हवाइ मार्गबाट उद्धार हुन नसक्दा बच्चाको पेटभित्रै मृत्य भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

आज मौसममा सुधार आएपछि उद्धार गरेर सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताए । -रासस