देशभर ४९५४ जना संक्रमित निको भए


देशभर ४९५४ जना संक्रमित निको भए

नेपालगन्ज ८ असार : देशभर थप ४ हजार ९५४ जना कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसरा पछिल्लो २४ घण्टामा देशभरबाट थप ४ हजार ९५४ जनाले कोरोना जितेका हुन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ जना पुगेको छ । भने यो संख्या कुल संक्रमितको ९० दशमलब २ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५२२ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १६ हजार ९१३ जनाको पीसिआर र एन्टीजेट परीक्षण गर्दा ४ हजार ५२२ जनामा कोराना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १२ हजार २०४ जनाको पीसिआर र ४ हजार ७०९ जनाको एन्टीजेन परीक्षण गर्दा पीसिआरमार्फत ३ हजार ७०३ जना र एन्टीजेटमार्फत ८१९ जना संक्रमित पुष्टि भएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

यो तथ्यांक धौलागिरी अस्पतालबाट पुरानो मितिमा भएका परीक्षणहरु एकमुष्ट रुपमा प्राप्त भएकाले प्रतिवेदनमा एकमुष्ट विवरण समासेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ८१३ जना संक्रमितको मृत्यु भएको छ ।