एसओएस दिवसमा स्वास्थ्य सामाग्री सहयोग


एसओएस दिवसमा स्वास्थ्य सामाग्री सहयोग

नेपालगन्ज ८ असार : एसएसओएस युवालय नेपालगन्जले कोभिड प्रतिकार्यका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । ३५ औं अन्र्तराष्ट्रिय दिवसको अवसरमा एसओएसले सो सामाग्री हस्तान्तरण गरेको हो ।

एसओएसले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई एसओएसले १०० थान पीपिई गाउन र ५० लिटर सेनिटाईजर हस्तान्तरण गरेको छ ।

एसओएस युवालयका सहायक निर्देशक तुलाराम बिश्वास, उपनिर्देशक मिना भुसाल तुलाधर लगायतले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टलाई सो सामाग्री हस्तान्तरण गरेका हुन् ।

सामाग्री हस्तान्तरण कार्यक्रममा गैसस महासंघ नेपाल, बाँकेका अध्यक्ष नमस्कार शाह, डिओसी बाँकेकका अधिकृत रुपन ज्ञवाली, एसओएस युवालयका बरिष्ठ मनोपरामर्शदाता लक्ष्मण कार्की, एसओएस युवा क्लबकाद्वय अध्यक्ष अनिता शाही, सुरज ओली, सदस्यहरु अञ्जली राजी, सीता शाही, किशोर सिंह लगायतको उपस्थिती रहेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरी एसओएसले बासद्वारा सञ्चालित मास्क बैंकलाई ३ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ ।

एसओएस युवालयका सहायक निर्देशक तुलाराम बिश्वास, बरिष्ठ मनोपरामर्शदाता लक्ष्मण कार्की लगायतले मास्क हस्तान्तरण गरेका थिए ।

मास्क हस्तान्तरणमा एसओएस युवा क्लबका दिपा सापकोटा, दुर्गा धामी, स्मृती चौलागाई, ईन्द्र बुढा, बिकास शाही र नमन नेपालीको उपस्थिती रहेको थियो ।

एसओएसका संस्थापक डाक्टर प्राध्यापक हर्मन माइनरको जन्म जयन्तिमामा एसओएस दिवस बिश्वभर मनाईन्छ । १९८६ जुन २३ देखि यो दिवस मनाउन थालिएको हो ।