देशभर थप ३५५८ संक्रमित निको भए


देशभर थप ३५५८ संक्रमित निको भए

नेपालगन्ज ९ असार : देशभर थप ३ हजार ५५८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट थप ३ हजार ५५८ जना संक्रमित निको भएका हुन् । योसंगै नेपालमा हालसम्म ५ लाख ६८ हजार ४४० जना संक्रमित निको भइसकेका छन् ।

यस्तै मन्त्रालयका अनुसार यही समयमा देशभरका थप २ हजार ४२१ जनामा कोरोना पुष्टि भएकोछ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४१४ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा थप २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ४६१ जना पीसिआर परीक्षण गर्दा एक हजार ५११ र ४ हजार ९५३ जनाको एन्टीजेन परीक्षण गर्दा ९१० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५० हजार ५२० पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर ५२ जना संक्रमितको मृत्यु भएको छ । त्यसबाहेक अन्य समयमा २९ जनाको मृत्यु पनि कोरोना संक्रमणको कारण भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म ८ हजार ८९४ जना संक्रमितको मृत्यु भएको छ ।